Image

खेरसनमा सर्वसाधारणको उत्सव चलिरहँदा सावधानी अप्नाउन चेतावनी

किभ, २७ कात्तिक। युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’  भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि  सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लासपूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई सहरमा स्वागत गरे । फेब्रुवरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।

राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लासपूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो । तर, मस्कोको महत्वाकांक्षालाई चोट लागे पनि युक्रेनी अधिकारीहरू सतर्क छन् । 

युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले  ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने चेतावनी दिए। ‘हामीले सधैं विश्वास गर्यौं कि हामी खेरसनलाई मुक्त गर्नेछौं’, उनले रेडियो ४ को टुडे कार्यक्रममा भने । रुसले युक्रेन युद्धमा कहिल्यै विजयी नहुने उनले दाबी गरे । रुसी प्रचार यन्त्रमा त्रास बढेको  उनले बताए ।
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *