Image

खार्किभको उत्तरमा रुसी सेनालाई धकेलेको युक्रेनको दाबी

काठमाडौं, २८ वैशाख

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच, रूसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को सहर ओडेसामा हमला गरेको छ र सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।

यसैबीच, युक्रेनको इज्युम सहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएको भन्दा हजारौं बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १६ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २१ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *