• Home
  • अन्तराष्ट्रिय खबर
  • खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
Image

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

रियाद, २१ मंसिर। सन् २०१८ मा विद्रोही पत्रकार जमाल खशोग्गीको हत्यामा कथित भूमिकाका लागि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानविरुद्धको मुद्दालाई एक अमेरिकी न्यायाधीशले मंगलबार खारेज गरेका छन् ।

वासिङ्टनका संघीय न्यायाधीश जोन बेट्सले सेप्टेम्बरमा साउदी अरेबियाको प्रधानमन्त्री नियुक्त भएका युवाराज मोहम्मदलाई विदेशी राष्ट्र प्रमुखको रूपमा अमेरिकी अदालतमा उन्मुक्ति प्राप्त भएको अमेरिकी सरकारको अडानलाई स्वीकार गरे ।

खशोग्गीकी विधवा ह्याटिस सेन्गिज र उनको कार्यकर्ता समूह डनद्वारा दायर गरिएको नागरिक मुद्दाले हत्याको पछाडि युवराज मोहम्मदको हात रहेको ‘बलिया’ र ‘महत्वपूर्ण’ तर्क गरेको बेट्सले बताए ।

तर उनले अमेरिकी सरकारको आधिकारिक अडानलाई अस्वीकार गर्ने आफूसँग कुनै शक्ति नभएको फैसला सुनाए । नोभेम्बर १७ मा अदालतमा पेस गरिएको औपचारिक बयानमा युवाराजलाई विदेशी नेताको रूपमा उन्मुक्ति छ ।
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *