• Home
  • खेलकुद
  • क्लबको अनुमति बिना साउदी अरब जानु गल्ति भयो– लियोनेल मेस्सी
Image

क्लबको अनुमति बिना साउदी अरब जानु गल्ति भयो– लियोनेल मेस्सी

काठमाडौं, २३ बैशाख । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ति स्विकार गरेका छन् ।पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ति स्विकार गर्दै माफी मागेका हुन् । सोह अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाईरहेका छन र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन् ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *