• Home
  • अर्थ
  • कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने
Image

कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने

काठमाडौं । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोन पे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले ‘हाना क्यू ’, ‘केबी वालेट’, ‘आईएम बैंक’, ‘टस’, ‘हान मनी’ र ‘जिएलएन’ एप जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा ‘रियलटाइम पेमेन्ट क्युआर’ भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

नेपाल र कोरिया बीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *