केरलाको मलप्पुरमा यात्रु बोकेको डुंगा पल्टियो, २० जनाको मृत्यु

1.2kViews
0 Shares

काठमाडौं, २५ बैशाख । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा आइतवार साँझ करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २० जनाको ज्यान गएको छ । सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यस घटनाको बारेमा भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै भनेका छन, ‘केरलाको मलाप्पुरममा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुखित छु । शोक सन्तप्त परिवारजनमा समवेदना। प्रत्येक मृतकका आफन्तलाई दुई लाख रूपैयाँ प्रदान गरिनेछ।’

केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरु हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।

घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ। घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब सात बजे भएको थियो।

अहिलेसम्म पानीबाट निकालिएका मानिसहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ केहीको उपचार भइरहेको छ । उनले भने, ‘दुर्घटनाको एकिन कारण अहिले नै थाहा हुन हुन सकेको छैन । अहिले हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय