• Home
  • खेलकुद
  • केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर
Image

केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर

काठमाडौं, १३ भदौ 

केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल  जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । बिहीबार सम्पन्न पहिलो  खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको थियो ।

सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवनसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल  छ ।

त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी२० शृंखलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ ।

पाँच टी२० शृंखलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ हप्ता अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ३ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *