• Home
  • राजनीति
  • केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने छ –गगन थापा
Image

केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने छ –गगन थापा

काठमाडौं, चैत १३ गते । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । महामन्त्री थापाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आयोजित जुम मिटिङका क्रममा त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको बताएका छन् । उनले जिल्ला, प्रदेश र पालिकास्तरमा वार्षिक सम्मेलन गरिने र त्यसपछि नीति अधिवेशन गरिने जानकारी दिएका छन् ।

उनले का अनुसार महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यको सहभागितामा नीति अधिवेशन गर्ने भनेर बहस भइरहेको बताएका छन् । सातै प्रदेशमा नीति अधिवेशन गरेर केन्द्रमा नीति अधिवेशन गराउने कि भनेर पनि छलफल भइरहेको थापाले बताए । महामन्त्री थापाले पार्टीको सबै तहलाई सुदृढ र व्यवस्थित बनाउन २०८० सालमा देशभरि घुम्ने आफ्नो योजना रहेको बताएका छन् । यो एक वर्ष स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्त भइयो । त्यसमा पनि पार्टीभन्दा गठबन्धन बैठकमा बढी सहभागी हुनुपर्यो, उनी भन्छन्, एक दुई दिनमा सरकारले पूर्णता पाउछ । हाम्रा सात आठ जना साथीहरु सरकारमा जानुहुन्छ । त्यसपछि हामी पुरा पार्टीको काममा लाग्छौं ।

आगामी केन्द्रीय कार्यसमिति बैठकअघि भ्रातृ संस्था र पार्टीका विभाग गठन गरिने महामन्त्री थापाले बताएका छन् । यस्तै क्रियाशील सदस्यता वितरणका प्रक्रिया थाल्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको उनले बताए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *