Trending

काठमाडौं उपत्यकामा एकैदिन ३५ सय २४ जना सवारी चालकमाथि कारवाही

910Views
0 Shares


काठमाडौ । भदौ १६ गते
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेक छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय