• Home
  • राजनीति
  • काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
Image

काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


काठमाडौं, भदौ २२ गते
काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले अवेध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ केजी गाँजाको धूलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रकाश तमाङ लगायत २ जना छन् । उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६१२ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *