Image

चौथो ओएस नेपाल म्युजिक अवार्ड सम्पन्‍न, ५५ विधामा अवार्ड वितरण

काठमाडौंं, २८ असोज । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा शम्भुजीत बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो ।

गायक शिव परियारलाई अमर रजत सम्मान प्रदान गरिएको भने पत्रकार तथा गीतकार राधिका अधिकारीलाई सम्मान गरिएको थियो । साथै ओएस नेपालकर्मी प्रभा शर्मा, एच बि ताम्राकार, सुमन सापकोटा, हरि अधिकारीसहित डेढ दर्जन सचारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गरिएको थियो । सो अवसरमा बोल्दै वरिष्ठ इञ्जिनियर ईश्वर सिटौलाले ओएस नेपालका सिईओ केशबहादुर कार्कीको मिडियाप्रतिको अगाध प्रेमको खुलेर प्रशंसा गरेका थिए । ओएस नेपालका सिईओ कार्कीले मिडियामार्फत् गर्दै आएको सामाजिक कामको पनि प्रशंशा गरेका थिए ।

५५ विधामा वितरण गरिएको अवार्ड समारोहमा बेस्ट लोक दोहोरी अवार्ड कल्यान रत्न कार्कीलाई प्रदान गरिएको थियो । त्यस्तै बेस्ट लोकदोहेरी जुरी श्रकृष्ण बम मल्ल, बेस्ट लोकदोहेरी लेरिस्ट जीवन प्याकुरेल, बेस्ट लोकदोहोरी म्युजिक गणेस अधिकारी, बेस्ट लोकदोहोरी एरेन्जर डोलराज बाह्रघरे मगर, बेस्ट लोकदोहोरी भिडियो एडिटर दिपक बिस्ट, लोकदोहोरी भिडियो डाइरेक्टर स्याड बबिता श्रेष्ठ बेस्ट भिडियो लोकदोहोरी डान्स सृजन बराललाई प्रदान गरिएको थियो ।

सो अवसरमा बेस्ट लोकदोहोरी सिनेमाटोग्राफर दुर्गा पौडेल, बेस्ट लोकदोहोरी मोडल फिमेल डान्स करिश्मा ढकाल, बेस्ट लोकदोहोरी मोडल फिमेल स्याड गिता ढुंगना, बेस्ट लोकदोहोरी मोडल मेल स्याड विजय पुन, बेस्ट लोकदोहोरी मोडल मेल डान्स पल शाह, बेस्ट लोकदोहोरी मोडल मेल न्यु सुलेमान शंकर, बेस्ट लोकदोहोरी मोडल फिमेल न्यु मोडल स्माारिका ढकाल, बेस्ट लोकदोहोरी मेल सिंगर अर्जुन कुबर, बेस्ट लोकदोहोरी मेल सिंगर जुरी कुमार कार्की, बेस्ट लोकदोहोरी फिमेल सिंगर हरिमाया रायमाझी, बेस्ट लोकदोहोरी फिमेल सिंगर न्यु दुर्गा रोकाया, बेस्ट लोकदोहोरी मेल सिंगर न्यु प्रकाश दुतराज , बेस्ट लोकगीत सुरेश रमन अधिकारीलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट मोर्डन गीत सुरेन गौतम, बेस्ट मोडन लेरिसिस्ट भुपेन्द्र बुढाथोकी, बेस्ट मोडन लेरिसिस्ट जुरी ध्रुवप्रसाद अमगाईं, बेस्ट मोडन म्युजिक दीपक भान्जा, बेस्ट मोडन म्युजिक जुरी सन्तोस केसी, बेस्ट मोर्डन एरेन्जर पुस्कर सुनुवार, बेस्ट मोडन भिडियो एडिटर टेकेन्द्र शाह, बेस्ट मोडन भिडियो डाइरेक्टर दीपक प्रसाद आचार्य, बेस्ट मोडन सिनेमाटोगा्रफर चक्र बहादुर बराल, बेस्ट मोडन फिमेल मोडल आभा थापा, बेस्ट मोडन मेल मोडल बिमल अधिकारी, बेस्ट मोडन न्यु सिंगर जेनी श्रेष्ठ, बेस्ट मोडन मेल सिंगर सचिन रौनियार, बेस्ट मोडन फिमेल सिंगर जुनु रिजाललाई अवार्ड प्रदान गरियो ।

कार्यक्रममा बेस्ट लोक पप सङ सुरज अधिकारी, बेस्ट पप सङ विश्वराम कार्की, बेस्ट पप लेरिसिस्ट प्रतिमा गुरुगं, बेस्ट पप म्युजिक दीपक शर्मा, बेस्ट पप एरेन्जर योगेस काजी, बेस्ट पप भिडियो एडिटर राकेश दाहाल, बेस्ट पप भिडियो डाइरेक्टर सोनाम पाख्रिन, बेस्ट पप सिनोमाटोग्राफर ज्ञानेन्द्र शर्मा, बेस्ट पप फिमेल मोडल समारिका ढकाल, बेस्ट पप मेल मोडल बिक्रम चौहान, बेस्ट पप न्यु सिंगर सुजता पाण्डे, बेस्ट पप मेल सिंगर बिनोद ढकाल, बेस्ट पप मेल सिंगर जुरी चिरन्जीवी भण्डारी, बेस्ट पप फिमेल सिंगर एलिना चौहान लाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट देउडा तर्फ बेस्ट मेल सिंगर चक्र बम, बेस्ट डेउडा फिमेल सिंगर स्वस्तिका शाहीलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै बेस्ट काठ्य सिंगर मेल प्रकाश कटुवाल, बेस्ट काठ्य सिंगर फिमेल संगम लामिछाने, बेस्ट काठ्य न्यु सिंगर मनिसा घोरा सइनी लाई अवार्ड प्रदान गरिएको थियो । बेस्ट सेलो मेल सिंगर निमा पाख्रिन, बेस्ट सेलो फिमेल सिंगर पल्मु शेर्पा, बेस्ट सेलो फिमेल सिंगर जुरी मिंग्स लामालाई अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट पप आधुनिक डोयट सङ मेलिना राई, हिमाल श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै बेस्ट भजन सङ श्री कृष्ण आले, बेस्ट गजल कनैया सिंह परियार र बेस्ट डायस्पोरा निर्देशन निर्देशक कुशल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा ज्ञानेन्द्र शाही, नेपाल प्रहरीका प्रवक्ता डिआईजी कुवेर कडायत, फन्टका एमडी सुनिल बाबु अर्याल, समाजसेवी दुर्गा सिटौला तथा इञ्जिनियर इश्वर सिटौला, नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल, एसएसपी सोमनेन्द्र राठौर,बरिष्ठ गायक तथा संगीतकार शम्भुजीत बासकोटा, गायक रामकृष्ण ढकाल, चर्चित गायक शिव परियार, वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, मेदान्त आर्युवेदक अस्पताल कलंकीका प्रमुख एवंम डक्टर सुर्वण पौडेल, सानीमा बैँकका म्यानेजर लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यक्रमका सभापति तथा अवार्डका संयोजक विवेक कार्कीले कला संस्कृतिको जर्गेनामा ओएस नेपालले भोलिका दिनमा पनि निरन्तरता दिने बताए । उनले कलाकारहरुले आफ्नो हक र अधिकार लिन सधैँ आफैँ अग्रसर भएर लाग्नुपर्ने बताए । जसका लागि ओएस नेपाल सधैँ हातेमालो गर्न तयार रहेको जिकिर गरे ।

सरावल गाउँपालिका, ओमसतिया गाउँपालिका, गल्याङ नगरपालिका, माण्डवी गाउँपालिका, देवताल गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाले कार्यक्रमकाे सहयाेगीका रुपमा थिए भने राष्ट्रिय वाणिज्य बैंक लि, सूट माला र नेपाल आकृति मेला सेवा केन्द्र बुद्धनगर प्रायाेजकमा रुपमा थिए ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *