Trending

कांग्रेसले बालुवाटारमा बोलायो सांसदहरुको भेला, सत्ता समीकरणबारे छलफल गर्ने

960Views
0 Shares


काठमाडौं, पुस ९ गते । नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्न आज सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ। कांग्रेसबाट निर्वाचित सांसदहरुलाई दिउँसो १२ ः३० बजे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को प्रधानमन्त्री बन्ने भन्ने रस्साकस्सी छ। चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ। यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ।

प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको छ। सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन्। तर कसको नेतृत्व भने टुंग्याएका छैनन्। आज बोलाइएको बालुवाटारको भेलामा सत्ता समीकरण र नयाँ सरकार गठनबारे छलफल हुने छ। कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला हुन लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय