• Home
  • राजनीति
  • कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै,  श्रद्धा, संकल्प र सम्मान कार्यक्रम
Image

कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै,  श्रद्धा, संकल्प र सम्मान कार्यक्रम

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, संकल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदैछ ।

ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ ।

नेपाली कांग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदैछौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदैछन् ।’

नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पूरानो दल हो । पहिले सीमित उदेश्यले खुलेको भएपनि पछि यसले बृहत रुप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।

जहाँनियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठूलो दलकारुपमा रहेको छ । विश्व राजनीतिक इतिहासको रंगमञ्चमा कांग्रेस नै त्यस्तो एउटा दल होला, जसको नेतृत्वमा तीन वटा शासन व्यवस्थालाई परास्त गरेर नयाँ शासन व्यवस्थाको स्थापना र नेतृत्व भएको होस् ।

नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पूरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ ।

गणतन्त्र स्थापना र संविधान निर्माणमा समेत नेतृत्व गरेको कांग्रेस अहिले पनि सत्ता शक्तिको बागडोर सम्हालिरहेको छ । तर कांग्रेस स्वयम्ले समेत लामो समयसम्म देशको नेतृत्व गर्दा मुलुकको विकास र संमृद्धिका लागि उल्लेख्य काम गर्न नसकेको यथार्थलाई कसैले नकार्न सक्दैन ।

नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो ।

जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मानस्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यबाहक सभापति चुनेको थियो ।

सो कार्यसमितिमा महामन्त्रीका रूपमा बालचन्द्र शर्मा, संगठन विभाग प्रमुखमा डिल्लीरमण रेग्मी, संगठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार संगठन सदस्यमा देवव्रत परियार र सदस्यहरूमा गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पाछिरिङ शेर्पा, रुद्रप्रसाद गिरी र कार्यालय सचिवमा ईश्वर बराललाई चयन गरेको थियो ।

त्यही भेला भएको मितिलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउने गरेको छ । उता, राणा शासकबाट प्रताडित असन्तुष्ट नेता सुवर्णशम्शेर राणाको सक्रियतामा २००५ साल साउन १ गते कोलकातामा अर्को भेलाले सोही वर्षको पुस १५ गते कोलकातामै कार्यक्रम गरेर नेपाल प्रजातन्त्र कांग्रेसको गठन गरेको थियो । जसको सभापतिमा महेन्द्रविक्रम शाह चयन भएका थिए ।

त्यसको एक वर्षपछि २००६ साल चैत २७ देखि २९ गतेसम्म चलेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त महाधिवेशनले दुई पार्टीबीचको एकता गरी नेपाली कांग्रेसको जन्म भएको थियोे । जसले नेपालको प्रजातान्त्रिक इतिहासमा अतुलनीय योगदान पु¥याएको मानिन्छ ।नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो । संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठूलो दल कांग्रेस केन्द्र र सात प्रदेशसहित देशभर ३ सयभन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ७ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *