• Home
  • ताजा समाचार
  • कर्णाली : माओवादी संसदीय दलको नेतामा शर्मा सर्वसम्मत
Image

कर्णाली : माओवादी संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

१३ पुस, काठमाडौं

 कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो ।

सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको प्रयास असफल भएको थियो ।

तर बुधबार शर्माको नाममा सहमति जुटेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

नवनिर्वाचन दल नेता शर्माले मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने बताए । सांसद संख्या र जनमतको आधारमा आफूहरुकै सम्भावना रहेको भन्दै उनले भने, ‘सरकारको नेतृत्व हाम्रो हुनुपर्छ भनेर नेताहरुलाई भनेका छौं ।’

यद्यपि शक्ति बाँडफाँटबारे सत्ता साझेदार दलहरुबीच केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने उनले बताए ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *