कर्णाली : माओवादी संसदीय दलको नेतामा शर्मा सर्वसम्मत
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
१३ पुस, काठमाडौं
कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो ।
सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको प्रयास असफल भएको थियो ।
तर बुधबार शर्माको नाममा सहमति जुटेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।
नवनिर्वाचन दल नेता शर्माले मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने बताए । सांसद संख्या र जनमतको आधारमा आफूहरुकै सम्भावना रहेको भन्दै उनले भने, ‘सरकारको नेतृत्व हाम्रो हुनुपर्छ भनेर नेताहरुलाई भनेका छौं ।’
यद्यपि शक्ति बाँडफाँटबारे सत्ता साझेदार दलहरुबीच केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने उनले बताए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि