Trending

कर्णालीको बजेटमा यस्ता छन् शहरी विकासका योजना

270Views
0 Shares

हेमन्त केसी
सुर्खेत, १ असार ।  कर्णाली प्रदेशका सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा शहरी विकास योजनालाई समेटिएको हो । बजेटमा विपन्नको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए । जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

साथै, डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमिकोट पूर्वाधार विकास गरी नमूना एकिकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैँया विनियोजन गरिएको छ । जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

साथै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका लागि १० अर्व ११ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामामा आर्थिक वर्ष ०८०र०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
23°
Clear
5:39 am6:51 pm +0545
Feels like: 23°C
Wind: 6km/h NNW
Humidity: 41%
Pressure: 1004.74mbar
UV index: 0
6 am7 am8 am9 am10 am
24°C
27°C
31°C
34°C
37°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
39°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय