• Home
  • ताजा समाचार
  • ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि
Image

‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि

काठमाडौं पुष १५

 टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिनसक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

सहभागी हुन चाहनेले पे वेल एप डाउनलोड गरेर भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ ।

चैत दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने शोमा यसपटक गेष्ट अपिरियन्सलाई वृद्धि गर्ने लक्ष्य छ । ‘दर्शकको सुझावको आधारमा पाहुनाको संख्या बढाउने लक्ष्य छ,’ भण्डारीले अनलाइनखबरसँग भने ।

जजमा चाहिं सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई यथावत् नै हुनेछन् । केकी अधिकारी र रीमा विश्वकर्मा कार्यकारी निर्माता रहने शोमा विशाल भण्डारी, विकास भण्डारी, हिरण बस्नेत र सगुन पाण्डे निर्माता हुनेछन् ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

यो सिजनसँगै निर्देशक भण्डारी एक फिचर फिल्म निर्माणको तयारीमा जुटेका छन् । ‘पटकथा लेखन हुँदैछ । नाम निधो छैन । लगत्तै हामी फिल्म निर्माणमा पनि जुटेका छौं,’ भण्डारीले भने ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *