• Home
  • समाचार
  • कपाललाई कालो, लामो बाक्लो र सिल्की बनाउँने घरेलु उपायहरु
Image

कपाललाई कालो, लामो बाक्लो र सिल्की बनाउँने घरेलु उपायहरु

काठमाडौं । कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् ।कपाललाई नारीको गहना पनि मानिन्छ । लामो, कालो,बाक्लो कपाल मन नपराउँने मानिस सायद विरलै होलान् ।

घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ । कपाललाई काला, लामो र बाक्लो बनाउँने तरिकाहरु तल दिइएको छ ।

१ प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुपर्छ । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुपर्छ । यसले कपाललाई बलियो बनाउँनुका साथै कपाल झर्नबाट पनि रोम्न मदत गर्छ ।

२ अण्डा कपालको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा त थाहा नै होला । लामो कपालको चाहना राख्नेहरुका लागि प्याज र अण्डाले बनेको हेयर प्याक निकै लाभकारी मानिन्छ । यो प्याकलाई बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउएर त्यसपछि यो प्याकलाई २०, ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पू लगाउनुपर्छ ।

३ कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ । प्याजको रससँग मह कपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।

४ तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ । प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउएर मज्जाले निचोरेपछि कपाललाई बेर्नुपर्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *