• Home
  • राजनीति
  • ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ–प्रकाशमान सिंह
Image

ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ–प्रकाशमान सिंह


काठमाडौं, भदौ २५ गते
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर नदिएका कारण स्थानीय र प्रदेस सरकारमाथि प्रश्न उठेको दाबी गरे ।

कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे ।

कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंहले बुद्धि भएका र काम गर्न सक्ने जनशक्ति विदेशिनबाट रोक्नु पर्ने बताए । उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिम केन्द्र खोल्न जोड दिए ।

नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे । आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए ।

कार्यक्रममा उनले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली मात्रै भइरहेको पनि बताए । उनले भने, ‘शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी छ । शिक्षासँगै सिप दिने कामको विकास गर्न आवश्यक छ ।’

नेता सिंहले हरेक वडा कार्यालयमा बोर्ड मात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्नेगरी कम्तिमा एक डाक्टर व्यवस्था गर्नु पर्ने पनि बताए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *