Trending

‘ओपेनहाइमर’ ट्रेलर : परमाणु बम बनाएर पश्चाताप गर्ने वैज्ञानिकको कथा

1.1kViews
0 Shares

काठमाडौं  पुष ४

लिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् ।

ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ । परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् ।

ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले मानव विवेकमाथि प्रश्न उठाएका थिए । ट्रेलरले बमलाई मरुभूमिमा परीक्षण गर्न गइरहेको टोलीलाई देखाउँछ । बम निर्माण गर्ने यो कार्य संसारबाट लुकाइन्छ । उक्त समयमा ओपेनहाइमरले यस्तो खाले कार्यलाई संसारले जान्नु र बुझ्नुपर्छ भनेर प्रश्न उठाएका थिए ।

भेराइटी म्यागजिनका अनुसार यो फिल्म काई बर्ड र लेट मार्टिन जे शेर्विनको उपन्यास ‘अमेरिकन प्रोमेथियस : द ट्राइम्फ एण्ड ट्रयाकी जेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित छ ।

म्यानहटन परियोजना समेत भनिने उक्त कार्य सन् १९४२ देखि १९४६ सम्म भएको एक सरकारी अनुसन्धान परियोजना थियो, जुन आणविक हतियार निर्माणको वरिपरि केन्द्रित थियो । ओपेनहाइमर लस अलामोस प्रयोगशालाका निर्देशक पनि थिए, जहाँ बमलाई भौतिक रूपमा जडान गर्ने कार्य हुन्थ्यो ।

सिलियन मर्फीबाहेक कलाकारमा फ्लोरेन्स पग, एमिली ब्लन्ट, रोबर्ट डाउनी जुनियर, म्याट डेमन, ग्यारी ओल्डम्यान, रामी माले पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय