काठमाडौं, फगुन २१ गते । आज बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।
घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने उक्त घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको छ ।












