• Home
  • खेलकुद
  • एसीसी प्रिमियम कप फाइनलः नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै
Image

एसीसी प्रिमियम कप फाइनलः नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १८ बैशाख । एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुँदैछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ । शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेको नेपाल र १९ औं स्थानको रहेको युएई बिचको खेल म‌गलबार हुनेछ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *