• Home
  • ताजा समाचार
  • एमाले सांसदको उपस्थितीमा फिल्म ‘दिलमाया २’को प्रिमियर
Image

एमाले सांसदको उपस्थितीमा फिल्म ‘दिलमाया २’को प्रिमियर

काठमाडौं पुष १८

राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’लाई सोमबार वीरगञ्जमा प्रिमियर गरिएको छ । एमाले सांसद राजकुमार गुप्ता प्रिमियर समारोहमा उपस्थित रहे ।

प्रिमियरमा भाग लिन निर्देशक गिरी, कलाकारसहित ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली पनि पुगेका थिए । फिल्म हेरेपछि सांसद गुप्ताले यसको कथावस्तु र अभिनयलाई रुचाएको जानकारी निर्देशक गिरीले दिए ।

चैत १७ गतेदेखि यो फिल्म देशब्यापी प्रदर्शन हुँदैछ । निर्देशक गिरीले मुलुकका अन्य सहरमा समेत फिल्म प्रदर्शनको तयारी भैरहेको बताए ।

राजु गिरी प्रोडक्सन व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती लगायतको अभियन छ ।

बिष्णु मिराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । ्

भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

Related Posts

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ।…

ByByanjana soni ४६ मिनेट अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ५२ मिनेट अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ५५ मिनेट अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *