काठमाडौं, फागुन २७ गते । आज नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ। आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन चिवालयको बैठक बोलाईएको हो । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।
उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।एमाले र सत्ता गठबन्धनले अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।












