• Home
  • राजनीति
  • एमाले जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छ–विष्णु पौडेल
Image

एमाले जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छ–विष्णु पौडेल

काठमाडौं, २९ असोज। रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा आफू केन्द्रित रहेको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।आज बिहान एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताएका हुन ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रभावशाली नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए । रूपन्देही–२ मा चुनाव जित्न एमालेलाई कसैसँग प्रतिष्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलको भनाइ थियो । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्बरजस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यस मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।उनले ‘एमालेले जितको प्रश्न नभई रेकर्ड ब्रेक गर्न चाहेको बताएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *