• Home
  • राजनीति
  • एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
Image

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं, २१ मंसिर । आज एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन केन्द्रीय कार्यालयको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि राखिएको छ । महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहन्छन् ।

चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको हो । चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्नेछ । चुनावमा कुनै पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा नयाँ सरकार गठनबारे एमालेको धारणालाई महत्त्वपूर्ण ठानिएको छ । समानुपातिकतर्फ लोकप्रिय मत पाएको एमाले प्रत्यक्षमा ४४ सिटसहित दोस्रो ठूलो दल बनेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *