• Home
  • राजनीति
  • एमाले उदयपुरद्वारा प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस
Image

एमाले उदयपुरद्वारा प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस


काठमाडौ, भदौ २० गते।
नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।उदयपुरको २ वटा निर्बाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटी सदस्यहरु बिमल कार्की र सुरेश तामाङ सिफारिस भएका छन् ।

मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन् । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी थिइन् ।
त्यस्तै बिमल कार्की प्रदेश सांसद् हुन् । अघिल्लो प्रदेश सभा चुनाबमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरु बेदप्रसाद पोखरेल, कला घले, अम्बरबहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सिफारिस भएका छन् ।

कला घले अघिल्लो प्रदेश सभाको चुनाबमा निर्वाचित प्रदेश सांसद् तथा मन्त्रीसमेत थिइन् । घले उदयपुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएकी थिइन् । त्यस्तै शैलेस लामा अनेरास्ववियुका पूर्व उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र १ (क) बाट कुशलबाबु बस्नेत, धनपति आचार्य, नारद निरौला, राजेन्द्र कटुवाल, भिम पौडेल, शम्भु पौडेल, ईश्वरा पौडेल गेलाल सिफारिस भएको छ । निर्बाचन क्षेत्र १ (ख) बाट ईश्वरमणि राउत, प्रकाशकुमार बस्नेत, प्रमेश्वर घिमिरे र महेश रेग्मीको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्बाचन क्षेत्र २ ९क० खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ (अर्जुन), हिमबहादुर मगर सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र २ (ख) बाट संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा रहेका छन् ।

त्यसैगरी निर्बाचन क्षेत्र (ख) बाट समानुपातिकका लागि कमलमाया राई, भीम दर्नाल, तारा तामाङ र मनोज तामाङको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि उमेद्वार सिफारिस भएसँगै यस क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *