• Home
  • राजनीति
  • एमाले अध्यक्ष ओलीले र राजु कार्की गरे मनोनयन दर्ता
Image

एमाले अध्यक्ष ओलीले र राजु कार्की गरे मनोनयन दर्ता


काठमाडौं, २३ असोज ।
एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

त्यस्तै नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्। कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडौँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्।लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ३ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ३ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *