• Home
  • राजनीति
  • एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ– मोहनविक्रम सिंह
Image

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ– मोहनविक्रम सिंह


काठमाडौं, भदौ २३ गते
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए ।

‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेका सिंहको आरोप छ ।

त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनले बताए । ‘सामन्त गोयलसँग गोप्य भेटघाट गरेर अ‍ोलीले हिन्दुको मुद्दामा सहमति गरेका थिए,’ सिंहले भने, ‘त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहिरहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँचदलीय गठबन्धन बनेको बताउँदै महामन्त्री सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने बताए ।

अहिलेको पाँचदलीय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए । ‘एमसीसी, नागरिकता विधेक जस्ता केही गलत निर्णय यो सरकारले गरेको छ,’ सिंहले भने, ‘त्यसमा हामीले सहमति गरेका छैनौं, त्यसको विरोधमा हामी जनतासामु गएका छौं ।’

गठबन्धनमा सिट बाँडफाँडको मुद्दा पेचिलो बनेकोप्रति उनले असतुष्टि व्यक्त गरे । ‘पाँच दलले यसअघि जितेका स्थानलाई यथावत राखेर एमालेले जितेका स्थानमा भागबण्डा गर्ने हाम्रो सहमति हो,’ सिंहले भने, ‘तर अहिले ठूला दल त्यस विपरीत बढी सिटमा दाबी गरिरहेका छन्, यसले केही समस्या निम्त्याउन सक्दछ ।’ राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दाबी गरेको उनले बताए ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *