Image

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

काठमाण्डाै पुस १८

 एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ । 

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फाेन गर्दा अर्थात् ‘पेएजयूगो’ को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फाेन गर्दा करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । 

यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट दुई रुपैयाँ पाँच पैसामा कल गर्न सक्छन् । यसअघि यो शुल्क करसहित २ं रुपैयाँ ५२ पैसा रहेको थियो ।

ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेकाे एनसेलले जनाएको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ३ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *