Image

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

काठमाण्डाै पुस १८

 एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ । 

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फाेन गर्दा अर्थात् ‘पेएजयूगो’ को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फाेन गर्दा करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । 

यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट दुई रुपैयाँ पाँच पैसामा कल गर्न सक्छन् । यसअघि यो शुल्क करसहित २ं रुपैयाँ ५२ पैसा रहेको थियो ।

ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेकाे एनसेलले जनाएको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *