Trending

एचआईडीसीएलको संस्थापक सेयर  बिक्रीमा, न्यूनतम मूल्य कति ?

2.9kViews
8 Shares

काठमाडौं । आजदेखि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।

ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
37°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 13km/h WNW
Humidity: 29%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
38°C
38°C
37°C
35°C
33°C
WedThuFriSatSun
40°C / 24°C
41°C / 26°C
42°C / 26°C
43°C / 28°C
43°C / 28°C

प्रिय न्युज


लोकप्रिय