• Home
  • अर्थ
  • एचआईडीसीएलको संस्थापक सेयर  बिक्रीमा, न्यूनतम मूल्य कति ?
Image

एचआईडीसीएलको संस्थापक सेयर  बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । आजदेखि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।

ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १७ घण्टा अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *