• Home
  • समाचार
  • एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च आदेश
Image

एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च आदेश

जनकपुरधाम : अर्को स्थानीय तहको निर्वाचन यहि वर्षको चैत्रमा गराउने सरकारको तयारी भईरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्चले आदेश दिएको छ ।

मोहत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गर्दै सो आदेश दिएको हो ।

सवोच्चको आदेश अनुसार २०७५ असार २१ गतेको उच्च अदालतको आदेशानुसार विवादित विषयलाई दोहो¥याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ।

यस्तो थियो विवाद

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनराशिस्वा नगरपालिकामा नतिजा प्रकाशित भएको थियो।

स्वतन्त्रबाट चुनाव लडेका रमेशकुमार रायले ६७ मत प्राप्त गरेका थिए । रायलाई तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले टिकट नदिएपछि उनि बागि भएर लडेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट चुनाव लडेका अरुणकुमार चौधरीले ६४ मत प्राप्त गरेको थियो। तर, निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर भएका मतहरु मध्येबाट ३ मतलाई चौधरीको पक्ष जोडेर उनको मत पनि ६७ मत पु¥याई दिएको आरोप रायले लगाउँदै आएको छ। राय र चौधरी दुबैजनाको ६७÷६७ मत भएपछि मत बराबर भयो । अनि गोलाप्रथा गर्दा अरुण चौधरीलाई निर्वाचित भए ।

तर रमेश रायले आफू संग निर्वाचन अधिकृतले बेइमानी गरेको भन्दै उच्च अदालत जनकपुरधाममा मुद्दा हाले। उक्त मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो। तर उच्च अदालतको यस्तो आदेश आए पछि अरुणकुमार चौधरीको चित्त बुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरे । सर्वोच्चले उक्त मुद्दाको सुनुवाई गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई नै सदर गरिदियचो । तर कोरोना महामारीका कारण लकडाउन भएपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा मिति तोक्न सकिएको थिएन भने आइतवार दोहो¥याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ।

स्थानीय तहको चुनावमा मनरा सिस्वा नगरपालिको वडा नम्बर १० मा वडाध्यक्ष पदमा ९ जना उम्मेदवारहरु रहेका थिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *