• Home
  • मनोरञ्न
  • एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला
Image

एकै मञ्चबाट गायकदेखि कलाकारसम्म खोज्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला


काठमाडौं, भदौ २३ गते
नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।आयोजक साइना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी शोको निर्णायको रुपमा गौरी मल्ल, निर शाह, सुगम पोख्रेल छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस शोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी शो हरेक शनिबार र आइतबार एपीवान टेलिभिजनबाट प्रसारण हुने छ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले एक मिनेटेखि तीन मिनेटसम्मको भिडियो बनाई udition.nepaltalenthunt@gmail.com मा पठाउनुपर्नेछ । अडिसन २९ भदौसम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी शोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्ला रुपमा अडिसन सक्ने शोका प्रोग्राम हेड शर्माले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।

शोमा विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *