• Home
  • राजनीति
  • एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल हुन्छ : डा. भट्टराई
Image

एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल हुन्छ : डा. भट्टराई

काठमाडौं, भदौ २२ गते

नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । पार्टीका अध्यक्ष डा. भट्टराई दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभर दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन् ।

डा. भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए । ‘मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौं । अन्य साथीहरू पूर्व तिरका हिँडेका छन् । हामी चुनावी दौडान मै कर्णाली पुगेका हौं,’ उनले भने ।
 
यसै क्रममा कर्णाली पुगेका डा. भट्टराईले नेपालको राजनीतिमा आफूले बनाएको निर्वाचन प्रणालीमा विभिन्न कारणले अस्थिरता र तरलता भए पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको बताए । 

केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको उनले बताए । ‘हामीले लक्ष्य फेरेका छैनौं, समावेशिता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको हो । हामीले नयाँ शक्तिदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उहीँ नै छ । पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन्,’ उनले भने ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *