• Home
  • राजनीति
  • एउटै बिद्येयक पारित नगरी संसद बैठक अन्त्य
Image

एउटै बिद्येयक पारित नगरी संसद बैठक अन्त्य

काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभाको पहिलो अधिवेसन एउटा पनि बिद्येयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखी बैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि बिद्येयक पारित नगरी बैठक अन्त्य भएको हो । बैठक हिजो राती १२ बजेवाट अन्त्य भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद बैठकमा पेश भएका केही बिद्येयकलाई सबन्धित समितिमा पठाईएको तथा राष्ट्रियसभावाट उत्पत्ति भई आएका बिद्येयकहरुमाथि दफावार छलफल भने सम्पन्न भएका छन् । तर, झन्डै ४ महिनासम्म चलेको संसदले कुनै पनि बिद्येयक भने पारित गर्न सकेन् ।

‘यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति सुृद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ बिद्येयक सबन्धी पहिलो अधिवेसनले गरेको काम कारबाहीका बारेमा भनिएको छ । यसैगरी, राष्ट्रियसभावाट उत्पति भएर आएका बिद्येयक माथीको दफाबार छलफल भने पहिलो अधिवेसनमा सम्पन्न भएको छ ।

‘राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ भने भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक माथि सभामा सैद्धान्तिक छलफल भैसकेको अवस्था छ,’ पहिलो अधिवेसनमा भएको काम कारबाहीको विवरण सार्वजनिक गर्दै सचिवालयले भनेको छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *