काठमाडौँ फागुन २७ गते । सत्तारुढ गठबन्धन दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन असमर्थ भएको छ ।गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो ।
पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने जनमत पार्टीका अध्यक्ष सीके राउ बताएका छन् । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।












