• Home
  • राजनीति
  • उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्न जाँदा के–के गर्न पाइँदैन ?
Image

उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्न जाँदा के–के गर्न पाइँदैन ?

काठमाडौं, चैत २० गते । आज चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

उपनिर्वाचनको उम्मेदवारी दर्ताका सम्बन्धनमा राजननीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले दस बुँदे निर्देशन जारी गरेको छ। निर्देशनमा मनोनयन दर्ता गर्न जाने उम्मेदवारहरूले अपनाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।

मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवारले प्रस्तावक र समर्थकसहित बढीमा २५ जनामात्रै लिएर जान पाउनेछन्। बाजागाजा, झाँकी, ब्यानर, चिह्न र झन्डासहित नजान र मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग नगर्न आयोगले निर्देशन दिएको छ।

त्यस्तै मनोनयनस्थलमा उम्मेदवारको पक्षमा नाराजुलुज, भाषण र प्रतिद्वन्द्वी लक्षित गालीगलौज र टिकाटिप्पर्णी गर्न पनि आयोगले बन्देज लगाएको छ। नोनयन दर्ता गर्न जाँदा सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था अन्तर्गतको स्रोत साधन प्रयोग गर्न पाइने छैन। संघीय सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र त्यसका पदाधिकारीहरू पदीय हैसियतमा रहेर उम्मेदवारको मनोनयनमा सहभागी हुने पाउने छैनन्।

उम्मेदवारी दर्ता गराउन जाँदा बालबालिकाको प्रयोग नगर्न पनि आयोगले निर्देशन दिएको छ। त्यस्तै संवैधानिक निकाय र सोका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन पाउने छैनन्।

राजनीतिक दल तथा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न जाँदा हेलिकप्टर प्रयोग गर्न पाउने छैनन्। आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीहरूलाई मनोनयन दर्ताका क्रममा उम्मेदवारसँग सहभागी नहुन पनि निर्देशन जारी गरेको छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *