Trending

 उपनिर्वाचनः उम्मेदवारको आज नाम सार्वजनिक गरिने  

2.7kViews
9 Shares

काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । आज बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ ।

उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।  यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
28°
Fair
5:28 am7:01 pm +0545
Feels like: 30°C
Wind: 5km/h E
Humidity: 61%
Pressure: 1006.77mbar
UV index: 0
1 am2 am3 am4 am5 am
27°C
27°C
26°C
26°C
26°C
ThuFriSatSunMon
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय