Trending

ईलाका प्रहरी कार्यालय पोखरियामा घुमुवा आतन्क, प्रहरी प्रमुख मुकदर्शक

1.4kViews
0 Shares

ईलाका प्रहरी कार्यालय पोखरियामा घुमुवा आतन्क, प्रहरी प्रमुख मुकदर्शक
पर्सा ३० चैत्र । इलाका प्रहरी कार्यालय पोखरियाको क्षेत्रहरूमा घुमुवा आतन्क बढेपनि प्रहरी प्रमुख मुकदर्शक बन्न पुगेका छन । पोखरिया मातहातमा पर्ने क्षेत्रहरूबाट चोरी तस्करी बढेको मुख्य कारण इलाका प्रहरी कार्यालय पोखरियाका घुमुवा रहेपनि प्रहरी प्रमुख मुकदर्शक बन्न पुगेका हुन ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्मा र प्रहरी जवान जय कुमार मण्डलले आफ्नो क्षेत्रमा आतन्क नै मचाएपनि कार्यालय प्रमुख मोहन विक्रम केसीले मौन नै धारण गरेका छन । ठुला बडा तस्कर सङ्ग मासिक रूपमा द्वय घुमुवा चान्दा उठाएर कार्यलय प्रमुख केसीलाई बुझाउने गर्दछन ।

इलाका प्रहरी कार्यालय पोखरिया मातहातमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, प्रसौनिभठ्ठा, टिहुकि, बुडगाइ लगायतको क्षेत्रहरूबाट ब्यापक रूपमा तस्करहरू सल्बलाएका छन । द्वय घुमुवाले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाइ समेत सास्ती दिने गरेको बताइन्छ । ठुला बडा तस्कर गर्ने गिरोह सङ्ग मासिक रूपमा नजराना बुझने गरेको र सर्वसाधारणलाइ मात्र दुख दिने गरेको स्थानीय सनोज पटेल बताउछन ।

इलाका प्रहरी कार्यालय पोखरियाको द्वय घुमुवाको बिषयमा पटक पटक प्रहरी निरीक्षक मोहन विक्रम केसीलाई गुनासो गर्दा समेत केहि वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन ।

उनका अनुसार घुमुवा अपराधीहरूलाइ पक्राउ गर्नको निम्ति खटाउन मिल्ने भएपनि नियम विपरीत घुमुवामा परिचालन भएको बताए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम शाहको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय