Trending

इराकमा अमेरिकी हमलाः १६ जनाको मृत्यु, २५ बढी घाइते

280Views
0 Shares

काठमाडौं । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ। सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए ।

गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार राती देखी सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो ।

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिशिया छाता समूहलाई दोष लगाएको थियो। इराकले भन्यो कि अमेरिकाको जवाफी हमलाले यस क्षेत्रको लागि विनाशकारी नतिजा ल्याउनेछ ।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिशिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ । ‘हाम्रो जवाफी हमला सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन ।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपहरूलाई निराधार भनेको छ । र, प्रतिरोधी समूहहरूको निर्णयमा संलग्न नभएको जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
40°
Partly Cloudy
5:39 am6:51 pm +0545
Feels like: 40°C
Wind: 21km/h W
Humidity: 12%
Pressure: 1004.06mbar
UV index: 10
2 pm3 pm4 pm5 pm6 pm
41°C
41°C
40°C
39°C
36°C
TueWedThuFriSat
41°C / 20°C
39°C / 19°C
37°C / 19°C
40°C / 22°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय