• Home
  • समाचार
  • इन्टर कलेज वाद–विवाद प्रतियोगितामा मनिस कुमार यादव र स्नेहा सर्राफ फाइनलका लागि चयन
Image

इन्टर कलेज वाद–विवाद प्रतियोगितामा मनिस कुमार यादव र स्नेहा सर्राफ फाइनलका लागि चयन

वीरगंज – लायन्स क्लब वीरगंज परिवार अन्तर्गतका लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी, मेट्रो सिटी, फ्रेन्डजोन, कुटुम्ब तथा एक्सिलेन्सको संयुक्त आयोजनामा भइरहेको इन्टर कलेज वाद–विवाद प्रतियोगिताको छनोट चरणअन्तर्गत आज पाँचौँ प्रतिस्पर्धा ज्ञान्दा एकाडेमी +2, वीरगंजमा सम्पन्न भएको छ।

१० वटा कलेजमध्ये आजको छनोटमा ४ महिला र ४ पुरुष गरी ८ जना विद्यार्थीले “डिजिटल युगमा सामाजिक सञ्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा वाद–विवाद प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुतिका आधारमा कक्षा ११ का मनिस कुमार यादव पुरुषतर्फ र कक्षा ११ की स्नेहा सर्राफ महिलातर्फ विजेता घोषित गर्दै फाइनल राउन्डका लागि चयन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथि डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, को–चिफ लायन उमेश शर्मा, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, लायन गुडि जोशी, रिजन चेयरपर्सन तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयरपर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटीका कोषाध्यक्ष लायन अन्कित चौरसिया, कलेज प्रोग्राम डायरेक्टर वासिम हुसैन तथा कलेजका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *