• Home
  • समाचार
  • इजरायल र हमासबीच भएको सम्झौतापछि बन्धकहरुको रिहाई सुरु
Image

इजरायल र हमासबीच भएको सम्झौतापछि बन्धकहरुको रिहाई सुरु

काठमाडौं । इजरायल र हमासबीच भएको सम्झौतापछि शुक्रबारदेखि बन्धकहरुको रिहाई सुरु हुने भएको छ । इजरायलले ती बन्धकहरूको सूची पनि प्राप्त गरेको छ जसलाई पहिले रिहा गरिनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि अपहरण गरिएका व्यक्तिहरूको नामको पहिलो सूची प्राप्त गरेको जनाएको छ ।शुक्रबार बिहान ७ बजेदेखि दुवै पक्षले लडाइ बन्द गर्ने बताइएको छ ।

यसपछि अपराह्न ४ बजे बन्धकहरुलाई इजरायलको जिम्मा लगाइनेछ । गाजामा इन्धन र मानवीय आपूर्ति पनि शुक्रबार तीव्र हुनेछ ।इजरायली प्रधानमन्त्री कार्यालयका बन्धक र बेपत्ता व्यक्तिहरूको संयोजक गल हिर्सले भने, ‘सरकारले पहिलो सूचीमा समावेश गरिएका बन्धकहरूको परिवारलाई सूचित गरेको छ । जो शुक्रबार फर्कने अपेक्षा गरिएको छ । सूचीमा परेका व्यक्तिका आफन्तको नाम पनि अद्यावधिक गरिएको छ ।’

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको कतारले बिहीबार गाजामा युद्धविराम गर्न दुवै पक्ष सहमत भएको र शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि औपचारिक रूपमा लागू हुने जानकारी दिएको थियो ।

गत साता कतार र अमेरिकासँग मिलेर इजरायल–हमास युद्धविराममा मध्यस्थता गर्ने इजिप्टले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो । इजिप्टको राज्य सूचना सेवाका प्रमुख दिया रश्वानले आफ्नो देशले गाजामा बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको दुई सम्बन्धित सूची प्राप्त गरेको बताइन् जुन शुक्रबार रिहा हुनेछन् ।

हमासले पनि युद्धविराम शुक्रबार बिहानदेखि लागू हुने र चार दिनसम्म रहने जनाएको छ । चार दिनमा हमासले ५० जना बन्धकहरूलाई रिहा गर्नेछ । आदानप्रदान सम्झौता अन्तर्गत, इजरायलले बन्धकको सट्टामा आफ्नो जेलमा रहेका तीन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । यस्तो अवस्थामा ५० जना इजरायली बन्धकको बदलामा जम्मा १५० प्यालेस्टिनीलाई रिहा गरिने छ ।

लडाइँ रोक्न र बन्धकहरूलाई रिहा गर्नुबाहेक, यो सम्झौतामा मानवीय सहायताको पनि उल्लेख छ । युद्धविरामको क्रममा गाजामा मानवीय सहायता पु¥याउने स्वतन्त्रता पनि हुनेछ । विशेष गरी आधारभूत आवश्यकता र इन्धन गाजामा पठाउन सकिन्छ । डेढ महिनादेखि जारी युद्धका कारण गाजामा आधारभूत सामानको चरम अभाव भएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *