इजरायली सेनाद्वारा गाजा क्षेत्रमा हवाई आक्रमणः १२ जनाको मृत्यु
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, बैशाख २६ गते । इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा १२ जना मारिएको पुष्टी गरेको हो । इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका सदस्यहरूलाई लक्षित गर्दै गाजा पट्टीमा आज हवाई आक्रमण गरेको हो ।
मारिनेमध्ये केही इस्लामिक जिहाद आन्दोलनका नेता रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर मृत्यु हुनेमा अधिकांश आम नागरिक नै रहेको अलजजिराको समाचारमा उल्लेख छ ।प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनले भने हवाई आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि