• Home
  • खेलकुद
  • इङल्यान्डविरुद्ध पाकिस्तानको अग्रता
Image

इङल्यान्डविरुद्ध पाकिस्तानको अग्रता

काठमाडौं, १३ असोज
पाकिस्तानले बुधबार पाँचौ टी-२० खेलमा इङल्यान्डमाथि ६ रनको जित  निकालेको छ । जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो । 

पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र  बनाउन सक्यो ।

इङल्यान्डका मोइन अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्दतमा अविजित ५१ रन जोडे ।  डेविड मलानले ३६ रन जोडे । 

पाकिस्तानका हरिस रौफले दुई तथा जमाल,अहमेद, सडाब खान,मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो । 

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे । इफ्तिखार अहमेदले १५ रन जोडे ।

इङल्यान्डका मार्क उडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *