Trending

 इंग्लिस प्रिमियर लिग: आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

2.6kViews
6 Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको २८ खेलबाट ६४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ । आज लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दै छ ।

 यो खेलमा लिभरपुल विजयी भए पुनः शीर्ष स्थानमा फर्कने छ भने बराबरीले अंक बराबरी भए पनि दोस्रै स्थानमा रहने छ । शनिबार राति ब्रेन्टफोर्डमाथि २–१ को जित निकाल्दा डेकलन राइस र काभई हार्भेट्जले एक एक गोल गरेका थिए । ब्रेन्टफोर्डका लागि योआन विस्साले एक गोल फर्काए ।

१९ औं मिनेटमा बेन ह्वाइटको पासमा राइसले हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी टाइममा आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न नसकेको बलमा विस्सालाई लागेर गोल भएपछि  खेल एक एकको बराबरीमा आएको थियो । ८६ औं मिनेटमा ह्वाइटको पासमा हार्भेट्जले गोल गरेपछि अन्ततः आर्सनल २–१ को नतिजाका साथ शीर्ष स्थानमा पनि उक्लन सफल भयो ।

प्रिमिरय लिग अन्तर्गत वुल्भ्सले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–० को सहज जित निकाल्दा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलेको बराबरी खेलेका छन् । यस्तै क्रिष्टल प्यालेस र लुटन टाउनले पनि एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।

प्रिमियर लिग अन्तर्गत आज ४ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ७ बजे एस्टन भिल्ला र टोटनह्याम भिड्दा पौने ८ बजे ब्राइटन र नटिङघम फरेस्ट र वेस्टह्याम तथा बर्नले आपसमा भिड्ने छन् । यस्तै, राति साढे ९ बजे लिभरपुल र म्यानचेस्टर सिटीको खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Sunny
5:39 am6:51 pm +0545
Feels like: 30°C
Wind: 5km/h NW
Humidity: 29%
Pressure: 1006.1mbar
UV index: 3
9 am10 am11 am12 pm1 pm
34°C
37°C
39°C
40°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय