• Home
  • शेयर बजार
  • आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन
Image

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ असोज
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रिमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछनर ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजभित्र आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रिय कार्यलय कमलादी काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

Related Posts

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ११ महिना अगाडि

बैंकमा ‘तरलताको बाढी’ तर कर्जा बजार सुक्खा 📉

चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्ब रुपैयाँभन्दा बढी ऋण दिन मिल्ने…

ByByanjana soni ११ महिना अगाडि

रेमिट्यान्समा कीर्तिमान, असोजमा मात्रै भित्रियो दुई खर्ब

काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स (विप्रेषण) ले कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै…

ByByanjana soni ११ महिना अगाडि

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *