आमनिर्वाचनमा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्री खाणद्वारा प्रहरीको प्रशंसा
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १६ मंसिर । आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् ।
सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए ।
उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले धन्यवादसमेत दिएका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि