Trending

आफ्नो काम स्थगित गरेर पनि विश्वकप सफल बनाउन कतारमा रहेका नेपाली समुदायालाई आग्रह

915Views
0 Shares

काठमाडौं, २४ कात्तिक ।  कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली संघसंस्था तथा समुदायलाई फिफा विश्वकप–२०२२ सफला बनाउन कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गरी कतारमा रहेका नेपाली संघसंस्था र समुदायलाई उक्त आग्रह गरेको हो । 

‘कतारमा क्रियाशिल नेपाली समुदाय तथा संघसंस्थाहरुले पनि सम्पदान गनुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्चमर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप हुँदैछ । नेपाल र कतारबीचको सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने दूतावासले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय