Trending

आज प्रदेश नं. १ मा नयाँ मुख्यमन्त्री चयन गरिदै, कसको छ सम्भावना ?

1.5kViews
0 Shares


काठमाडौं पुस २४ गते । आज प्रदेश नं. १ मा नयाँ मुख्यमन्त्री चयन गरिदै छ । प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्न आज साँझ पाँच बजेसम्मको समय दिएका हुन् । ९३ सदस्यीय प्रदेश १ मा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।

सरकार बनाउन ४७ सांसदको मत आवश्यक हुन्छ । यस प्रदेशमा सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी, राप्रपा, एकिकृत समाजवादी र जसपाको मत जोड्दा ६४ सांसद हुन्छन् । गठबन्धनसँग दुईतिहाइ भन्दा बढीको बहुमत छ । एमालेबाट प्रदेश संसदीय दलको नेता हिक्मत कार्की र माओवादीबाट प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर आङुबो मौसम मध्य एकजना यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय