• Home
  • समाचार
  • आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने, तालिका हेरेर मात्र हिड्नुहोस्
Image

आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने, तालिका हेरेर मात्र हिड्नुहोस्

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधिन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो । हिजो देखी बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन पुर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ ।

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारी साधानहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारी साधान मुग्लिङ बजार देखी मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखी पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारी साधानहरू पन्ध्रकिलो बजार देखी जुगेडीसम्म रोकिनेछन ।

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधान भने लेवाटार र सत्रसय फाँटमा रोकिनेछन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधानहरू भतेरी जंगल देखी रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ । उसका अनुसार यो यात्रा अबरोध पुस ७ देखी २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार ब्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि
1 Comments Text
  • Registrera dig says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/futures/ref?code=JW3W4Y3A
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *