काठमाडौं, फागुन २३ गते । आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ।फागु पुर्णिमाका अवसर तराई मधेश र भित्री मधेशका २२ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
रङहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ।उपत्यकासहित पहाडी जिल्लामा भने होली हिजो अर्थात् सोमबार नै मनाइसकिएको छ।














